logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

नेपालबाट पहिलो पटक ‘सिम्यान्स अभिलेख किताब’ जारी


  • राजनीति
  • बिहिबार, असार २६ २०८२

काठमाडौं । राहदानी विभागले पहिलो पटक ‘सिम्यान्स अभिलेख किताब’ जारी गरेको छ।

विभागले बुधबार इलाममा अमितकुमार सिंहलाई उक्त बुक हस्तान्तरण गर्दै यसको सुरुवात गरेको हो। यस सँगै पानीजहाजमा काम गर्ने नेपालीहरूले विदेशबाट सिम्यान्स बुक लिनुपर्ने बाध्यता अन्त्य भएको छ।

विभागका अनुसार इलामको नगरपालिका– ४ श्रीयन्तु स्थायी घर भएका सिंह डेल्टा कोर्प सिप म्यानेजमेन्ट एमसीसीको कम्पनीमा कार्यरत छन्। उनले विभागबाट पहिलो ‘सिम्यान्स अभिलेख किताब’ प्राप्त गरेका हुन्।

यस अघि नेपालमा यो किताब उपलब्ध नहुँदा पानीजहाजमा काम गर्ने नेपालीहरूले अन्य देशबाट लिनुपर्ने बाध्यता थियो। विभाग विभागले जारी गरेको विज्ञप्तिका अनुसार यसरी लिएको किताब कतिपय मुलुकहरूले मान्यता नदिने, पानीजहाज किनारामा रोकिँदा बाहिर निस्कन नपाउने र रोजगारी नपाउने जस्ता कठिनाइ हुने गरेको थियो।

विभागका महानिर्देशक तीर्थराज अर्यालले सिंहलाई बधाई दिँदै बाटै ‘सिम्यान्स अभिलेख किताब’ जारी हुँदा भविष्यमा नेपाली नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार