logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कार्यपालिका बैठकमा मेयर बालेनले बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई


  • राजनीति
  • शुक्रबार, असार २७ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक आज बस्दैछ।

मेयर बालेन शाहले दिउँसो २ बजे कार्यपालिकाको बैठक बोलाएका महानगरका सञ्चार विज्ञ सुरेन्द्र बज्रागाईले जानकारी दिए।

काठमाडौं महानगरपालिकाले हालसम्म नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएतापनि काठमाडौं महानगरपालिकामा आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाई भएको भएको हो ।

मेयर बालेन्द्र शाह (बालेन)  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई बीच विवाद देखिएपछि महानगर समयमै बजेट ल्याउन असफल भएको हो । उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई विधामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए ।

शुक्रबार भने मेयर शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बैठकमा राख्न तयार भएका हुन्। बालेनको सचिवालयका अनुसार दिउँसो २ बज्ने बस्ने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई पनि आमन्त्रण गरिएको छ।

कार्यपालिका बैठक अघि बजेटको सीमा समिति निर्धारण समितिको बैठक बस्नेछ। उपमेयरको नेतृत्वमा बजेट कार्यक्रम तथा तर्जुमा समितिको बैठक बस्नेछ भने सो पश्चात कार्यपालिकाको बैठक बस्ने जनाइएको छ।

कार्यपालिकाको बैठकमा विभिन्न विभागहरूबाट प्रस्तावहरू पेश हुनेछन्। पछि नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पेश गर्ने कार्यसूची रहेको मेयर शाहको सचिवालयले जनाएको छ।

कार्यपालिकाको बैठकले नगरसभा बोलाउने मिति तय गर्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार