logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक रिहा


  • राजनीति
  • शुक्रबार, असार २७ २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठक रिहा भएका छन्।

शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रूपमा “श्री ५ महाराजधिराज’ को नाममा निकालेको आरोपमा उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।

“श्री ५ महाराजधिराज” भनेर विज्ञप्ति तथा सूचनाहरू जारी नगर्ने भनेर कागज गरी उनलाई परिवारको जिम्मामा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पूर्व राजाका संवाद सचिवको रूपमा कार्यरत पाठकलाई प्रहरीले यही प्रकरणमा का लागि बोलाएको थियो शुक्रबार दिउँसो प्रहरीमा उपस्थित भएका उनलाई प्रक्रिया पूरा गरेर साँझ रिहा गरिएको हो ।

प्रहरीका अनुसार उनले आफ्ना फेसबुक पोस्टहरूमा अबदेखि “श्री ५ महाराजधिराज” उल्लेख गरिएका पोष्टहरू नगर्ने र यसअघि भएका पोस्ट मेसेजहरु हटाउने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार