logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बैतडीमा जीप दुर्घटना, २ जनाको मृत्यु ६ घाइते


  • राजनीति
  • शनिबार, असार २८ २०८२

धनगढी । बैतडीको पाटन– ६ स्थित खिपालीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ०११ ज १३७२ नम्बरको जीप शनिबार बिहान बैतडी– ६ स्थित खिपालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा डिलासैनी– १ का चालक समेत रहेका २४ वर्षीय सन्तोष बहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहोरा रहेको प्रहरीले जनाएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै स्थानीय र इलाका प्रहरी कार्यालय पाटनको टोली उद्धारमा खटिएका थिए ।

घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ । जीप सडक भन्दा एक सय मिटर तल झरेको थियो । दुर्घटनाको कारण नखुलेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार