राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन्।
चीन भ्रमण गरेर शनिबार स्वदेश फर्किएका नेता खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको प्रतिक्रिया दिएका हुन् ।
रवि लामिछानेले गल्ती र कमीकमजोरी गरेका छैनन् भनेर आफूले पुष्टि गर्न भने नसक्ने नेता खनालको भनाइ रहेको छ।
उनले भने, “रवि लामिछानेले गल्ती कमीकमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौं । रवि लामिछानेमाथि युवा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई महसुस भएको छ।”
रास्वपाका सभापति लामिछानेलाई सहकर्मी रकम हिनामिना गरेको आरोपमा अदालतले पूर्वपक्षका लागि थुनामा पठाएको छ ।
लामिछानेमाथि राजनीतिक प्रतिशोध साटिएको आरोप लगाउँदै रास्वपाले उनलाई छुटाउन दबाब स्वरुप हस्ताक्षर अभियान समेत सञ्चालन गरिरहेको छ ।