राजनीति
काठमाडौं । मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंको माइतीघरका १८ प्रणय वर्षीय गुप्ता रहेका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– १ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा प्रणयको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
साथहरूसँग मार्खु घुम्न गएका प्रणय शनिबार दिउँसो ४ बजे पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। प्रहरीको टोलीले शनिबार साँझ प्रणयको शव खोलाबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।