logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना


  • राजनीति
  • आइतबार, असार २९ २०८२

काठमाडौं । काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटनामा परेको छ।

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२ ००१ ख ००४५ नम्बरको बस आइतबार बिहान पश्चिम– राजमार्ग अन्तर्गत कपिलवस्तुको भूमि नगरपालिका ९ मा दुर्घटना भएको भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन्। जसमध्ये ६ जना सामान्य घाइते २० जनाको अवस्था मध्यम र तीन जना गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते हुनेहरू अरुमा सल्यानको बागचौर नगरपालिका– १० बस्ने ७७ वर्षीया देवी बुढाथोकी शारदा नगरपालिका– १२ बस्ने वर्षका मोहनलाल बुढा र तुल्सिपुर उपमहानगरपालिका ११ बस्ने ३५ वर्षीय श्रीधर अधिकारीरहेका छन् ।

तीनै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ, भने अन्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस बीच सडकमा पल्टीको थियो । बस बीच सडकमा पल्टीएपछि राजमार्गमा अन्य सवारी साधानको आवागमन समेत रोकिएको थियो । उक्त बसलाई क्रेनको सहायताले साइड लाएर सवारी साधान आवागमन सुचारु गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण नखुलेको र यस विषयमा थप अनुसन्धान भैरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार