राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन्।
गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनलाई हटाउन चौतर्फी दाबब सुरु भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीलाई उनले छलफलका लागि आज बालुवाटार बोलाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग पहिला ब्रिफिङ लिने र त्यसपछि उनलाई राजीनामा दिन लगाउने तयारी गरेका जनाइएको छ।
मन्त्री गुप्ताले राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरिएको बुझिएको छ। उनले राजीनामा दिएपछि प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारवाला राज्यका निकायलाई अनुसन्धानका लागि पत्राचार गरिने भएको छ ।
भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र अन्य कर्मचारीहरूको सरुवा बढुवाका लागि मन्त्री गुप्ताले बिचौलियासँग लाखौंको डिल गरेको अडियो सार्वजनिक भएको भएको थियो ।