राजनीति
काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। बिहिबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो। एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २० २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो।
त्यसैको तयारीका लागि पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यी बैठकमा राजनीतिक संकटनिक र विधान संशोधन प्रस्ताव पेश हुनेछ। राजनीतिक प्रतिवेदन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली संगठित प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पोखरेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।
विधान संशोधन प्रस्तावमा ७० वर्षीय उमेर हद र अध्यक्षका लागि कार्यालयको प्रावधान नराखी मौजुदा विधानमा जे व्यवस्था छ, त्यही लैजान तयारी भइरहेको छ।
नवौं महाधिवेशनपछि एमालेले कार्यकारी कमिटीमा ७० वर्षे उमेरदहद लागू गरिएको थियो । २०७८ को दशौँ महाधिवेशनपछि पनि पालिका तहका कमिटीदेखि माथि कार्यकारी कमिटीमा ७० वर्षीय उम्मेदवारकै प्रबन्ध गरिएको थियो । तर २०८० जेठमा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीमा गएका मुकुन्द न्यौपाने लगायतलाई पार्टीमा फर्काउन उक्त प्रवधान स्थगित गरी एकामा त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरिएको थियो ।
लगातार दुई काल भन्दा बढी उम्मेदवार बन्न नपाइने प्रावधान विधान महाधिवेशनले पारित गरे पनि दशौं महाधिवेशनपछि अचानक हटेको थियो। स्थायी कमिटी सदस्य कर्ण थापाले महाधिवेशनमा नभई विधान पूर्वक हटाइएको दाबी गर्दै आएका छन् । महासचिव पोखरेलले भने महाधिवेशनको बन्दसर्त अगाडि बसेको केन्द्रीय कमिटी बैठकले संशोधन गरेको र बन्दसत्रको हलले नै अनुमोदन गरेको जिकिर गरिएका छन्।