मङ्सिर ८, काठमाडौं । चर्चित युवा अभियन्ता तथा अन्तर्राष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएका छन । पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा आयोजित विशाल जनसभा बाट उनि प्रवेश गरेका हुन । जिवन प्रशिक्षकका रुपमा ससार भर आफ्नो परिचय बनाउन सफल उनि बिश्वका प्राय मुलुकका युवाको र जनता बिच स्थापित छन ।

आफ्नो बेग्लै ज्ञान, क्षमता र प्रतिभाले बिश्वमा चर्चा बटुलीसकेका य कार्की ले हाल सम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा,उत्पिडन बाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वका उत्कृष्ट प्रशिक्षकहरु मध्य पर्दछन ।

चर्चित नेपाली फिल्म मालिका का निर्माता समेत रहेका कार्किको पार्टी प्रवेशलाइ नेकपाले महत्त्वका साथ लिएको बुझिएको छ । उनको प्रवेशलाइ लिएर नेकपा नेतृत्व र नेकपा रहेका युवापंत्ती निकै उत्साहित बनेको देखिन्छ । स्थायी समिती सदस्य तथा आजका प्रमुख बक्ता प्रकाण्डले उनलाइ टिका लगाए स्वागत गरेका थिए ।