logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ओली सरकारलाई टेको दिएका उपेन्द्रले छोडे साथ, राष्ट्रिय सभामा सरकार अल्पमतमा


  • राजनीति
  • बुधबार, साउन १ २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारलाई समर्थन गरेका दलहरूलाई केही चाहिएको बेला मात्रै सोध्ने नत्र वास्ता नगर्ने तथा पार्टीले उठाएका हरूको बारेमा पनि प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया नआएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपाले जनाएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवका अनुसार सरकारले गरेका गलत कामहरूको निर्णयको अवजस सरकारलाई समर्थन गरेका दलहरुले समेत लिनुपर्ने अवस्था आएपछि आफूहरू सरकारबाट बाहिरिनु परेको हो ।

गठबन्धन निर्माणको बेलामा प्रतिबद्धता गरेको संविधान संशोधनको मुद्दामा कुनै पहल नगरेको, सुशासनमा दिनदिनै कमजोर हुँदै गएको र भ्रष्टाचार मौलाएको जसपाको आरोपछ ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ। प्रतिनिधिमा जसपाका ५ जना सांसद छन् भने राष्ट्रिय सभामा तीन जना सांसद छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा जसपा नेपाल सहितका सत्तापक्षका ३१ जना सांसद रहेका थिए। तर जसपा नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ । यो सँगै राष्ट्रिय सभामा विधेयक पास गर्न सरकारलाई सकस हुने देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार