राजनीति
काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक कुमार सापकोटाले प्रदेश सभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेश सभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेशसञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गरेका हुन्।
यही असार २३ गते दुवै विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएका थिए।