logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको शैक्षिक हडतालका कारण विद्यालय बन्द


  • राजनीति
  • शुक्रबार, साउन ३ २०८२

काठमाडौैं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।

हडताल घोषणा गरेका कारण काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालय बन्द छन् ।

काठमाडौंका कतिपय निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सञ्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार