राजनीति
काठमाडौं । कानुनी प्रक्रियाबाट डिभोर्स गरिसकेका गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटा सम्बन्ध विच्छेदको विषय सामाजिक सञ्जालमा सेलाएको छैन् ।
उनीहरुको डिभोर्स भए पनि टिकटक र सामाजिक सञ्जालमा आउने प्रतिक्रियाले उनीहरुको डिभोर्सले चर्चा पाएको छ । डिभोर्सबारे हालसम्म कुनै प्रतिक्रिया नजनाएका पूर्वपति सापकोटाले आज सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै आफ्नो चरित्र हत्या भएको दाबी गरेका थिए ।
उनले आफ्नो मौनतालाई कमजोर नठान्न भन्दै आफूविरुद्धको चरित्र हत्याविरुद्ध अस्ट्रेलियामा कानुनी प्रक्रिया अपनाएको बताएका थिए । विष्णुको त्यस्तो आरोपछि गायिका चौहानले पनि सामाजिक सञ्जालबाटै त्यसको खण्डन गरेकी छिन् ।
फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै एलिनाले आफूहरुबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गरेको बताएकी छन् ।
सार्वजनिक तस्बीरमा उनीहरुबीचको विवादको समयमा पूर्वपति विष्णुले एलिनामाथि कुटपिट गरेको देख्न सकिन्छ । तस्बीरमा एलीनाको अनुहारमा केही डाम समेत देख्न सकिन्छ ।
यस्तो छ एलिनाको स्टाटसः
हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।
म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।
स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।
जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।
तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।
म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।