राजनीति
धनगढी । कैलालीमा नहरमा डुबेर एक जना युवकको ज्यान गएको छ।
जिल्लाको लम्कीचुवा नगरपालिका– ६ बागमारा स्थित रानीजमरा–गुलरिया सिँचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा आठविस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका छन्। रसाईली गुलरिया– ६ स्थित ससुरालीमा बस्दै आएका थिए।