logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

अत्यावश्यक बाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली


  • राजनीति
  • आइतबार, साउन ५ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारी गरे पश्चात् प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

उनले बाढी पहिरो डुबान लगायत सम्भावित विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई समेत सक्रिय रहन आग्रह गरे ।

ओलीले सामाजिक सञ्जाल मार्फत बनेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशभरिका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ । मौसम राज्य विपदबाट बच्न सुरक्षा निकायले आवश्यक सर्थकताका लागि जारी गरेको सूचनालाई पालना गरौं । आवश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।”

मौसम पूर्वनुमान महाशाखाले सबै प्रदेशका पहाडी भूभागका धेरै स्थानमा मेघर्जन चट्याङ सहित वर्षा सम्भावना रहेको जनाएको छ । कोशी प्रदेश बागमती प्रदेश गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यस अघि राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ३ गते रातिदेखि ५ गते सोमबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार