logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो


  • राजनीति
  • आइतबार, साउन ५ २०८२

काठमाडौं । बाढी र पहिरोका कारण मेची राजमार्ग र तमोर करिडो अवरुद्ध भएको छ।

विराटनगर हेवा खोलामा आएको आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो। पानीको बहाव घटेपछि डाइभर्सन मर्मत गरेर सञ्जाल गर्ने उनले बताए ।

अहिले पानीको हावा घट्ने क्रममा छ । घटेपछि यातायात सुचारु हुन्छ । उनले भने अहिले यातायात अवरुद्ध छ। राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका– ३ पालिकामा यातायात ठप्प भएको छ।

त्यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो पुल बगेपछि बनाइएको द्यभष्खिभ पनि गत असोज १२ गते आएको बाढीले बगाएको थियो। त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिएएको थियो

गत जेठ ३१ गते मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका ४ र हेलीटाइट गाउँपालिका ७ जोड्ने हेवा खोलाको बेलीबिज निर्माण सक्ने भएकै दिन नै भाँचिएको थियो।

बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार