logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई केपी ओलीको चेतावनी


  • राजनीति
  • सोमबार, साउन ६ २०८२

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आज बसेको केन्द्रीय समितिको बैठकमा नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन्।

आज बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले पूर्वराष्ट्रपति भण्डारीलाई हिजो पार्टी मुख्यालय च्यासलमै भेटेको र केही सुझाव दिएको जानकारी दिए ।

“मैले हिजो पूर्व राष्ट्रपति विद्याजीलाई भेटे। बालुवाटार बोलाएको पार्टी कार्यालय देखेको छैन भन्नुभयो। के ठूलो कुरो भयो ? प्रधानमन्त्री र पूर्व राष्ट्रपति भेट्दा किन ठूलो ? कोही उहाँको प्रवक्ता बन्नुभएको छ। त्यो मैले सुझाव दिएको छु। उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन,” ओलीले भने ।

विद्यासँगक भेटवार्तामा अध्यक्ष ओलीले पोलिटब्यूरो बैठकले गरेको निर्णयबारे पनि जानकारी गराए । उनले राजनीति राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विगतमा तान्न नहुने कुरा स्पष्ट राखिएको तर उहाँको जवाफ नआएकाले उहाँको जवाफमा आएपछि पार्टीले थप निर्णय लिने जानकारी दिए।

भेटवार्ता सम्बन्धी प्रस्ताव भण्डारीबाटै आएको जानकारी दिँदै ओलीले भण्डारी पार्टी कार्यालयमा आउँदा असन्तुष्ट र आफैं चुनाव गराएर हारेकाहरू पनि देखिएको बताए ।

भण्डारी बालुवाटार जान मानिनन् ? उमेरको हद तोक्ने भए जेल बसेको उमेर पनि घटाउनुपर्ने भनेर प्रचार गर्ने ? उहाँको प्रवक्ता बनेर कतिपय साथीहरुले मिडियामा प्रचारबाजी गर्नु अनावश्यक भएको र हिजोको बैठक कटअप बैठक भएकोले अनुशासनहीन गतिविधि दोहोरिए आवश्यक कारबाही हुने अध्यक्ष ओलीले चेतावनी दिए ।

पार्टी सदस्यताको विषय ठूलो नभएतापनि अहिलेसम्म पार्टीले त्यसको अनुमति दिएको ओलीले जानकारी दिएका छन्। यता पूर्व राष्ट्रपति भण्डारीले भने ओलीसम्मको भेटपछि पार्टी सदस्यता नवीकरण भइसकेको जानकारी जानकारी दिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार