logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

निर्मलाका बुबा प्लेन चढ्न मानेनन्, स्वास्थ्यमा गम्भीर समस्या, अञ्चल अस्पतालमा लगियो


  • राजनीति
  • आइतबार, मंसिर ९ २०७५

मानसिक रुपमा अत्यन्तै कमजोर बनेपछि उपचारका लागि केन्द्रिय राजधानी काठमाडौं ल्याउन लागिएका निर्मलाका बुवाले प्लेन चढ्न मानेनन् । यतिबेला उनलाइ सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती अँचल अस्पतालमा राखिएको छ ।

अस्पतालको बेडमा रहेका उनि बर्बराउदै भाग्न खोजेपछि लडेर उनको खुट्टाको घुँडामा चोट लागेको बताइएको छ । यज्ञराज पन्तको को अहिले सेती अँचल अस्पतालका स्वाथ्यकर्मीहरुको टोलीले उपचार गरिरहेको छ ।

छोरीको हत्यारा सार्बजनिक गर्नु पर्ने भन्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक असन्तुलन भएपछि उनलाई उपचारका लागि शनिवार साँझ काठमाडौं लाने तयारी गरिएको थियो ।

धनगढी बिमानस्थलबाट साँझको  फ्लाइट मार्फत उनलाई उपचारका लागि काठमाडौं ल्याउन लाग्दा उनले विमान चढ्न नमानेको र उनको अवस्था झन बिग्रदै गएकाले सेती अँचल अस्पतालमा राखिएको कैलालीकी अधिकारकर्मी भुमी फुलाराले जानकारी दिइन ।

निर्म्लाका वुवा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि अहिले उनि बरर्बराउने , गाली गलौज गर्ने, झम्टिने, हातपात गर्न खोज्ने, मेरी छोरीका हत्यारालाई मार्छु भन्दै दौडिदै भाग्न खोज्ने जस्ता अस्वभाविक गतिविधि गर्न थालेका छन ।

बिगत तीन दिनदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई धार्नास्थल मै महाकाली अँचल अस्पतालको स्वास्थ्यकर्मीको टोली गई स्वास्थ्य जाँच गरेपछि उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएका थिए ।

जिल्ला प्रशासन कार्यलय कंचनपुरको गेटमा कात्तिक २५ गतेदेखि यज्ञराको परिवार सहित मानवअधिकारकर्मीहरु निर्मलाको न्याय माग्दै धर्नामा बसेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार