राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् ।
बुढानिलकण्ठ स्थित निवासमा शुक्रबार बिहान ९ बजे बस्ने गरी देउवाले शीर्ष नेताहरूको बैठक आह्वान गरेका हुन् ।
बैठकमा भूमि विधेयक, निजामती सेवा विधेयकमा भएको कुलिङ पिरियड र पछिल्लो समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।