logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्दै


  • राजनीति
  • शुक्रबार, साउन १० २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छन्।

आज दिउँसो ३ बजे बबरमहल स्थित कार्की बैंक्वेटमा भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन्।

पूर्वराष्ट्रपतिको हैसियतमा सरकारले दिएको सेवा सुविधा त्यागेर खुल्ला राजनीतिमा आउने घोषणा गरेकी भण्डारीलाई नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले राजनीतिमा फर्किन नहुने निर्णय गरिसकेको छ ।

एमालेले उनको राजनीतिक पुनरागमनलाई रोक लगाएपछि भण्डारीले आज आफ्नो धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गरेकी हुन् । सम्मेलनमा उनले आफू निकट नेता कार्यकर्तालाई पनि बोलाएकी छिन्।

यता, प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नेता कार्यकर्तालाई भण्डारीको पक्षमा नबोल्न र उनको प्रवक्ता बने कारबाहीको भागीदार हुनुपर्ने समेत चेतावनी दिँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार