राजनीति
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टीको सदस्यता कसैले पनि खारेज गर्न नसक्ने बताएकी छिन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले १० वर्षअघि राष्ट्रपतिबन्दा आफूले नेकपा (एमाले) को पार्टी सदस्यता त्यागेको भन्ने दाबी झुटो रहेको बताइन्। उनले भनिनन्, “पार्टी सरिता कसैले पनि खारेज गर्न सक्दैन।”
उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि बाँकी जीवन कुनै संगठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४० वर्षदेखि आफू आबद्ध एमालेको सदस्यता नवीकरण गरेको बताइन्।
“हुलहुज्जत र उत्तेजनामा आएर कसैले पनि मेरो पार्टी सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । के गर्न मन लाग्छ त्यो अलग विषय हो,” भण्डारीले भनिन् ।
सदस्यताबाट कदापि वञ्चित गर्न नमिल्ने पूर्वराष्ट्रपति भण्डारीको भनाई रहेको छ ।
“पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्क निर्णयले दुःखी बनाएको छ,” उनले भनिन् ।