राजनीति
काठमाडौं । नेकपा (एमले) निकट युवा संघ नेपाल लुम्बिनीका अध्यक्ष सुरज खरेललाई पदमुक्त गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष खरेलले एमालेको भावी अध्यक्ष पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनु पर्ने भनेर स्टाटस जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो ।
साउन ९ गते बसेको युवा संघको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ । निलम्बनमा परेका खरेलले भने महाचिव चौलागाईले गरेको निलम्बन अस्विकार गर्ने जनाएका छन् ।
संगठनमा फरक मत राखेकै कारण हुँदैनभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने बताए । संगठनका गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ छ ।