राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका वरिष्ठ नेता कुमार बास्तोलालाई दिएकी छिन् ।
अध्यक्ष श्रेष्ठ केही दिनदेखि अस्वस्थ भएको र पार्टीका दैनिक क्रियाकलापहरू सञ्चालन गर्न नसकेकाले वरिष्ठ नेता बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाइएको छ ।
यता नाउपाका बहुमत केन्द्रीय समिति सदस्यहरूले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै अल्टिमेटमको समय दिएका थिए । अध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई दिएर पन्छिने प्रयास गरेकी छिन्।
अल्टिमेट दिएका बहुमत केन्द्रीय सदस्यहरूले आफूहरूले तोकेको समयमा बैठक नबोलाइए थप निर्णय लिन बाध्य हुने चेतावनी दिइरहेका छन्। अध्यक्ष श्रेष्ठले भने आफ्ना सम्पूर्ण अधिकारहरु कार्यवाहक अध्यक्ष बास्तोलालाई दिएकी छिन्।