logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा


  • राजनीति
  • मंगलबार, साउन १४ २०८२

काठमाडौं । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्।

खड्काले काङ्ग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन्

मन्त्री खड्काले राजीनामा बुझाएसँगै मुख्यमन्त्री लामा विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। यो सँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या २२ पुगेको छ।

साउन ९ गते कांग्रेसका तर्फबाट मन्त्री बनेका चारजनाले राजीनामा दिएर कांग्रेसकै २१ जना सांसदले मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार