logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भोटे कोशीमा आकस्मिक बाढी , तीन जिल्लाका सुरक्षा निकाय हाइ अलर्टमा


  • राजनीति
  • बुधबार, साउन १५ २०८२

काठमाडौं । भोटेकोशी फेरि ठूलो भेलसहित बाढी आएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोसी नदीमा एक्कासी बहाव बढेको हो।

बाढीले तटीय क्षेत्रमा कटान गर्नुको साथै केही टहराहरूमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। नदीमा आएको बाढीले रसुवागढी नाकामा नयाँ पक्षले बेली ब्रिज राख्नका लागि बनाउँदै गरेको पनि बगाएको जनाइएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी धुर्वप्रसाद अधिकारीका अनुसार हिजो राती पानी परे पनि हाल भने रसुवामा पानी परेको छैन। अहिले टिमुरेस्थित बन्सार र्याटमा रहेको धर्मकाँट पनि बाढीले बगाएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशुलीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

यता जिल्ला प्रहरी कार्यालय धादिङले पनि त्रिशुलीमा जलसतहको क्षेत्र बढेकाले तटीय क्षेत्रका प्रहरी युनिटहरूलाई अलर्टमा राखिएको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार