logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बागमतीमा तीन मन्त्री नियुक्त, आन्तरिक मामिलाको जिम्मेवारी लम्साललाई


  • राजनीति
  • बुधबार, साउन १५ २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनजना नयाँ मन्त्री नियुक्ति गरेका छन्।

मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको छ भने माया र गीता मन्त्रालय तोक्न बाँकी रहेको जनाइएको छ।

बागमती प्रदेश सरकारमा काङ्ग्रेसभित्रको आन्तरिक विवादका कारण यही साउन ९ गते चारजना मन्त्रीले राजीनामा दिँदै २१ जना सांसदले हस्ताक्षर सहित मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

हिजो खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्यामबहादुर खड्काले समेत राजीनामा बुझाएर मुख्यमन्त्री लामा विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।

यो सँगै बागमतीमा पाँच मन्त्रालय रिक्त रहेका थिए। मुख्यमन्त्री लामाले आज तीन मन्त्री नियुक्ति गरेका छन् भने बाँकी मन्त्रालयमा पनि मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार