logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नाउपाको अध्यक्षबाट रञ्जितालाई हटाउने प्रस्ताव पारित


  • राजनीति
  • बुधबार, साउन १५ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टीको अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ।

काठमाडौंमा बसेको नाउपाको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्षको पदबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

भेलाले श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको र हाल कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा छलफल भइरहेको नाउपानीकट एक नेताले जानकारी दिए ।

अध्यक्ष रन्जिता घुस काण्डमा मुछिएपछि विवादमा तानिएकी थिइन्। नाउपाका बहुमत प्राप्त केन्द्रीय सदस्यहरूले रञ्जितालाई केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए। तर उनले स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्।

स्वास्थ्यको कारण देखाए पनि पार्टीभित्रको चर्को आलोचना र विवाद थेक्न नसकेर बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी श्रेष्ठलाई आज बसेको भेलाले भने अध्यक्ष पदबाटै हटाउने प्रस्ताव पारित गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार