logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


  • राजनीति
  • बिहिबार, साउन १६ २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

बिहिबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए । उनले प्रदेशसभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा बहुमत प्रदेश सांसदहरुले मतदान गरेका थिए ।

प्रदेश सभा बैठकमा उपस्थित भएका ४५ जना सांसदमध्ये उनको पक्षमा ३० र विपक्षमा १५ मत खसेको हो।

प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ जना सांसद गरी २९ सांसद रहेकामा एकजना नागरिक उन्मुक्ति पार्टीका सांसदले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार