logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नाउपाको अध्यक्ष आफु नै भएको रञ्जिता श्रेष्ठको दाबी


  • राजनीति
  • बिहिबार, साउन १६ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ‘विधानविपरीत’ बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्।

बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने बताइन्। आफूले कुनै भेला आह्वान नगरेको उनको भनाइ छ।

श्रेष्ठले पार्टीको विधानअनुसार आफू अझै अध्यक्षको भूमिकामै रहेको दाबी गरिन्। उनले भनिन्, “निरन्तर काममा हिँडिरहेकी छु, पार्टीभित्रको विवादबारे केही थाहा छैन, कुनै भेला पनि मैले बोलाएकी छैन, पार्टीको अध्यक्ष म नै हो । यो कुरा त निर्वाचन आयोगबाट पनि आउछ नि ।”

यता नाउपाको हिजो र आज बसेको राष्ट्रि भेलाले भने रञ्जितालाई पार्टीको साधारण सदस्य समेत नहरने गरी लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार