logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान


  • राजनीति
  • शुक्रबार, साउन १७ २०८२

काठमाडौं । कार्तिक २७ गते रूपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि सबै दलहरूलाई दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै यही २१ गतेदेखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको छ । आयोगले यस अघि उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ।

असोज २१ गते बिहान १० बजेदेखि ५ बजेसम्म अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्नेछ।

असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र कार्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा मतदान हुने आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार