logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मंसिर १४ र १५ गते धादिङमा कांग्रेस कोषाध्यक्षको जमघट हुने


  • राजनीति
  • आइतबार, मंसिर ९ २०७५

काठमाडौं– नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला धादिङको गजुरीमा हुने भएको छ । कोषाध्यक्षको राष्ट्रिय समितिको शनिबार बसेको बैठकले आगामी मंसिर १४ र १५ गते धादिङको गजुरी गाउँपालिकामा भेला गर्ने निर्णय गरेको हो ।

कोषाध्यक्षको राष्ट्रिय समितिका अध्यक्ष एवं कांग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा दिने राय सुझाव र सल्लाहबारे छलफल गर्न गजुरी गाउँपालिकाको घाटबेंसीमा भेला आयोजना गर्न लागेको जानकारी दिए ।

कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र रहेको गुटउपगुटको अन्त्यका लागि भेला महत्वपूर्ण हुने बताए । भेलामा मुलुकभरका कांग्रेस जिल्ला कोषाध्यक्षलाई आमन्त्रणसमेत गरिसकेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार