logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना


  • राजनीति
  • आइतबार, साउन १९ २०८२

काठमाडौं । तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस तनहुँको ऐना पहरामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको छ ।

बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन । घटनाको थप विवरण आउन भने बाँकी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार