राजनीति
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण बारे नयाँ सिराबाट अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएका छन्।
सीआईबी कार्यालयको निरीक्षण अनुगमन गर्दै आज गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको रूममा अनुसन्धान गरेर कारबाहीको दायरामा निर्देशन दिएका हुन्।
उनले भने, “निर्मला पन्तको हत्या लगायत ब्यूरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्दछु। प्रहरी भित्र पनि सीआईबी भित्र आम जनताको आशा बढेको छ । यसलाई अटल राखेर काम गर्नुपर्छ।”
सीमित स्रोत साधनबीच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोमा खुसी व्यक्त गर्दै गृहमन्त्री लेखकले सीआईबीलाई स्रोत साधन सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे । पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धानमा गठन गरेको उनले जानकारी दिए।
प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै गृहमन्त्री लेखकले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्ति लगायतमा विकास गरिने जोड दिए ।