logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

‘कुलिङ अफ पिरियड’ मा छानबिन समितिद्वारा प्रतिवेदन तयार


  • राजनीति
  • मंगलबार, साउन २१ २०८२

काठमाडौं । निजामती सेवा विधेयक, २०८० मा भएको छलछामबारे छानबिन गर्न गठित विशेष संसदीय समितिले सर्वसहमतिले प्रतिवेदन पास गरेको छ ।

रातभर छलफल भएर मङ्गलबार बिहान करिब ४ बजे प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका हुन्। २९ दिनसम्म विभिन्न ३७ वटा बैठक बसेर प्रतिवेदनलाई पूर्णरुप दिएको हो।

विधेयकमा त्रुटि कसरी हुन्छ भविष्यमा यस्ता त्रुटिहरु हुन नदिन विज्ञहरूसँग परामर्श लिएर समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ।

छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

संसदीय विशेष समितिको प्रतिवेदन तयार भएर प्रतिनिधिसभामा पेश भएसँगै कार्यान्वयनमा जानेछ । प्रतिनिधि सभा बैठक आजै दिउँसो १ बजे बस्दैछ । यसै बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार