logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउँदै, स्वागतका लागि सरकारले छुट्ट्यायो ५० लाख रुपैयाँ !


  • राजनीति
  • आइतबार, मंसिर ९ २०७५

उत्तर प्रदेश (भारत) का मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमी (२६ मंसीर) का दिन निजी बिमानबाट जनकपुर आउने भएका छन्।

जनकपुर विमानस्थलमा विहान १० बजे हेलिकोप्टरबाट ओर्लेर उनी उनी जानकी मन्दिरमा पुजापाठका लागि जाने जानकारी मुख्यमन्त्री लालबाबु राउतको सचिवालयले दिएको छ।

नेपाललाई ‘हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने’ वकालत गर्दै आएका मुख्यमन्त्री आदित्यनाथको जनकपुर आगमन कार्यक्रम विवादमा परिरहेका बेला प्रदेश–२ को सरकारले भने उनको स्वागतको तयारी तीब्र पारेको छ।

त्यस पछि मुख्यमन्त्री आदित्यनाथ मधेश भवनमा आयोजन हुने सम्मान कार्यक्रममा सहभागी हुनेछन्।

मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा पूजा पाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजन हुने स्वयंम्बर कार्यक्रममा समेत सहभागि हुने कार्यक्रम रहेको छ।

मधेश भवनमा मुख्यमन्त्री लालबाबु राउतले उत्तरप्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोज दिने कार्यक्रम छ।

सो अवसरमा मुख्यमन्त्री योगी सहित जन्ती बनेका आएका सातु सन्तहरुको लागि भण्डाराको कार्यक्रम समेत राखिएको समेत सचिवालयले जनाएको छ।

जनकपुरधाम उपमहानगर पालिका र जानकी मन्दिरको समन्वयमा यी काम अघि बढाएको प्रदेश सरकारले यस अघि नै ५० लाख रुपैया विनियोजन गरि सकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार