logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सम्पूर्ण गाजा कब्जा गर्ने इजरायली प्रधानमन्त्री नेतान्याहूको घोषणा


  • राजनीति
  • शुक्रबार, साउन २४ २०८२

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाँजाको सम्पूर्ण भू–भाग नियन्त्रणमा लिने र त्यसको योजना बनिरहेको बताएका हुन् ।

“हामी गाँजालाई सम्पूर्ण रूपमा नियन्त्रणमा लिन चाहन्छौं,” उनले भने । नेतान्याहूले गाजाको शासन नगर्ने तर नियन्त्रण कायम राख्ने उद्देश्य रहेको प्रष्ट पारेका छन्।

उनले भने, “गाजामा शासन नै गर्न भन्ने हामी चाहँदैनौं । केवल सुरक्षा घेराबन्दी इजरायलको नियन्त्रणमा होस् भन्ने हो ।” उनले कुन देशले शासन गर्ने भन्ने बारे भने खुलाएनन् ।

उनले गाजाको शासन त्यस्तो त्यो अबर शक्तिलाई हस्तान्तरण गर्न चाहेको जसले आफूहरुलाई धम्की नदिई गाँजाका जनतालाई राम्रो जीवन दिन सकोस् भन्ने चाहेको बताए ।

इजरायलको सुरक्षामन्त्रीपरिषद्ले सम्पूर्ण गाजाको सैन्य नियन्त्रण लिने योजना यसअघिदेखि नै बनिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सले पत्रकार बारक रबिटलाई उद्दत गर्दै इजराइलको सुरक्षा मन्त्रीपरिषद्ले गाजा सहर कब्जा गर्ने प्रस्तावलाई स्वीकृत ती दिएको भनेर उल्लेख गरेको छ । त्यसमा गाँजालाई पूर्णरूपमा हमासुक्त बनाइने योजना रहेको भनेर अमेरिकी मिडिया सीएनएनले पनि उल्लेख गरेको छ ।

योजना अनुसार करिब गाजाको सम्पूर्ण नियन्त्रण प्राप्तिका लागि पाँच महिना लाग्न सक्ने भनिएको छ । त्यस क्रममा गाँजाको उत्तरी क्षेत्रबाट करिब १० लाख फेरि दक्षि प्यालेस्टाइनीलाई विशेष शिविर निर्माण गर्ने बताइएको छ ।

एक अधिकारीका अनुसार हाल इजरायली नियन्त्रण बाहिर रहेका गाँजाका क्षेत्रमा चरणबद्ध रूपमा सैन्य प्रवेश गर्ने योजना बनाइएको छ। यस क्रममा यहाँका बासिन्दालाई केही साता अगावै स्थान्तरणको चेतावनी दिइनेछ।

यस योजनाको भने इजरायलभित्रै विपक्षी दल र द्वन्दका परिवारहरूले चर्को विरोध जनाएका छन् । इजरायली सेना प्रमुख एला जामिरले पनि यसको विरोध जनाएका छन्।

उनले प्रधानमन्त्री नेतान्याहूसँगको बैठकमै यो निर्णय ठिक नभएको भनेका थिए। यसबाट हम्मासँग बाँकी रहेका बन्धकहरु जोखिममा पर्न सक्ने भनेका पनि थिए । सुरक्षा मन्त्रिपरिषद्को निर्णयपछि उनले सार्वजनिक रूपमै यसको विरोध गरेका थिए।

सुरक्षा मन्त्रीपरिषद्बाट स्वीकृत भएको उक्त प्रस्तावलाई आइतबार पूर्ण मन्त्रिपरिषदमा पेश गरिनेछ त्यहाँबाट पनि पारित भए सो अभियान सुरु गर्न सक्छ । इजरायलका विपक्षी नेताहरु आएर जनताको आलोचना गरेका छन् ।

विपक्षी दलका नेताहरुले प्रधानमन्त्री नेतान्याहूकै कार्यालय अगाडि सयौं भेला भएर प्रदर्शन गरेका थिए। उनीहरूले बाँकी भएका बन्धकहरूलाई फिर्ता ल्याएर युद्ध अन्त्य गर्न माग गरेका छन् ।

गाँजामा ५० मध्ये कम्तिमा २० जना बन्धक अझै जीवित रहेको बताइएको छ। इजरायलका चरम दक्षिणपन्थी नेताहरूले भने नेतान्याहूको उक्त घोषणा र सुरक्षा मन्त्रीपरिषद्को निर्णयको स्वागत गरेका छन् । उनीहरुले गाँजाबाट इजरायली सेना फिर्ता गरेकै कारण सन् २००६ मा हामास सत्तामा आएको बताएका छन् ।

नेतान्याहूको यस्तो घोषणा पछि प्यालेस्टाइनी लडाकु समूह हमासले भने नेतान्याहूको योजना भनेको बन्धकहरूलाई तिलाञ्जली दिएर उनीहरूलाई बचाउने आशा समाप्त गर्नु भएको बताएको छ ।

अरब मुलुकहरुले पनि नेतान्याहूको उक्त घोषणाको आलोचना गरेका छन् । सन् २०२३ अक्टोबरदेखि सुरु भएको इजरायल–हमास युद्ध गाजामा ६० हजार भन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन्।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार