राजनीति
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन जनै पूर्णिमा पर्व आज देशभर नवयोग्य पवित्र जनै एक रक्षाबन्धन धारणा गरेर मनाइँदै । छ। आज बिहानैदेखि वैदिक सनातन धर्मवलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँच्छन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।
मानव रक्षाका लागि निकै जब, तप र पूजारी मन्त्रीएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रो उच्चारण गर्दै ब्राहमण पुरोहितहरुले एजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रीएको जनै र डोरो धारणा गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका मन्दिरहरूमा आज जनै ल्याउने, लगाउने र रक्षासूत्र बन्धनका लागि भक्तजनहरूको भिड लागेको छ। आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाई र दिदीबहिनी दाजुभाईले दिदीबहिनीलाई दक्षिणा दिने प्रचलन छ।