राजनीति
काठमाडौं । नेपाली कथाकन चलचित्र ‘जारी– २’ को टिजर सार्वजनिक भएको छ।
असोज ३ गते रिलिज हुने जारी २ को टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा लिम्बु समुदायको पहिचान च्याम्बुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा देखाउने प्रयास गरेको छ ।
टिजरले च्याम्बुङलाई लिम्बुको कुर्सीको स्वरमा व्याख्या गरेको छ। उपेन्द्र चुम्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा दयाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।
‘जारी– २’ चलचित्र ‘जारी’ सिग्वेल हो। विक्रम सम्वत २०८० मा रिलिज भएको जारीले नि नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो।