logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

युवाको ऊर्जा सृजनशीलता र सपनामै राष्ट्रको भविष्य छ : प्रधानमन्त्री ओली


  • राजनीति
  • मंगलबार, साउन २८ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको ऊर्जा सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हाम्रो सकारात्मक सोच निरन्तरको प्रयासले देशलाई समृद्ध बनाउने संकल्प पूरा हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले युवा दिवसले युवालाई सामाजिक आर्थिक सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको उल्लेख गरेका छन्।

“आज अन्तर्राष्ट्रिय युवा दिवस सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो। पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक आर्थिक सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ,” सामाजिक सञ्जाल मार्फत युवाहरूलाई शुभकामना दिँदै उनले भनेका छन्,“ फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ हाम्रो सकारात्मक सोच निरन्तरको प्रयास र एकबद्धता व्यवहारले देशलाई संयुक्त बनाउने संकल्प पुरा हुनेछ संसारभरका युवाहरुलाई शुभकामना !”

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ । राष्ट्रिय युवा परिषद्को कार्यकारी अध्यक्ष माधव ढुंगेल भएपछि उनको अगुवाइमा २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालिएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार