logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै


  • राजनीति
  • मंगलबार, साउन २८ २०८२

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री बानियाँले मङ्गलबार अपरान्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री बानियाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का गरी ६४ जना प्रदेश सभा सदस्यको सामर्थ्यमा कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेका गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थमा कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए

मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले मङ्गलबार विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार