logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियो)


  • राजनीति
  • बुधबार, साउन २९ २०८२

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायीका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ ।

बुधवार बिहान ‘पुतलीको भट्टी’ भाग २१ को का रुपमा माझीको तीज गीत ‘म त नराउरी’ गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको गीतले सानै देखि छोरीहरुलाई विभेद गर्ने प्रवृत्तिलाई उजागर गरिएको छ । आशिष अविरलको मिक्सिङ र संगीत संयोजन रहेको गीतमा आमाको लागि छोरा राम्रो भएको आफू नराम्री बनेको एक चेलीको वेदना पोखिएको छ।

गीतको भिडियोमा मोडल ललिता पौडेलसहित बाल कलाकार प्रविधि भण्डारी, विज्ञान भण्डारी र अक्षयत हिमालीले अभिनय गरेका छन्।

नेपालीहरुको महान चाड तीज नजिकिएसँगै हरेक वर्ष विष्णु माझीको गीतको प्रतिक्षा हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार