logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ : प्रचण्ड


  • राजनीति
  • शुक्रबार, साउन ३१ २०८२

काठमाडौं । नेपका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन्।

उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बढ्ने ढिलो नहुने पनि बताए । भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो धारणाको राखेका हुन् । उनले विदेशको नक्कल गर्नुको साटो स्थानीय स्रोत साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देशमा बन्ने बताए ।

उनले भने, “हामी कहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भए त्यो दुर्भाग्यपूर्ण छ । हाम्रो सिप हाम्रो श्रम हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रो तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकिने भयो। सकिने भयो मलाई लाग्छ । नेपाल साचै संसारभरिकै सुन्दर छ । यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ ।”

भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो सहरको रुपमा विकास गर्ने उद्देश्यले गत साउन १ गतेदेखि अभियान सुरु भएको थियो।

यो अभियानको प्रत्येक घरपरिवारलाई एभोकाडो फलका दुई बोटा बिरुवा निःशुल्क प्रदान गरिएको थियो । यो अभियानलाई तीन वर्षसम्म सञ्चालन गरिएका पहिचान दिने लक्ष्य रहेको अभियानका संयोजक नरेश नेपालको धनकुटालाई एभोकाडाको राजधानी भनेर चिनिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार