logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कांग्रेस र एमालेद्धारा सांसदलाई सिंहदरबार बोलावट, उपसभामुखलाई महाअभियोग लगाउने तयारी


  • राजनीति
  • मंगलबार, भाद्र ३ २०८२

कागठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमालें) ले पार्टीका सांसदहरुलाई आकस्मिक रुपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालय बोलाएका छन् ।

दुवई वटै दलले आकस्मीक बैठक भन्दै दलको कार्यालयमा सांसदहरुलाई बोलाएका हुन् । हाल दुई वटै दलभित्र उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा छलफल भैरहेको बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी बैठक जारी छ। एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी बैठकमा उपसभामुखलाई हटाउने विषयमा छलफलकेन्द्रित छ।

कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन भनेको छ। ती नेताका अनुसार सोमबार कांग्रेस संसदीय दलमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच यो विषयमा कुराकानीसमेत भएको थियो।

यस्तै एमालेले पनि उपसभामुख हटाउने विषयमा पार्टीभित्र छलफल गरेको छ। मालेले आजै संसदीय दलको बैठक आकस्मिक रूपमा बोलाएको छ। दुवै दलले उपसभामुख रानामगरलाई हटाउन महाअभियोगको प्रस्ताव लैजाने छलफल समेत भएकाले हस्ताक्षरका लागि सांसदहरुलाई बोलाइएको अनुमान समेत गरिएको छ ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार