राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउनको लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरुको हस्ताक्षर संकलन अभियान जारी राखेका छन् ।
कांग्रेस र एमालेले सांसदहरुलाई आकस्मीक रुपमा दलको कार्यालयमा बोलाएर केही बेर अघिदेखि हस्ताक्षर संकलन गरिरहेका छन् । हाल सांसदहरुल आएर हस्ताक्षर गर्ने क्रम जारी रहेको छ ।
उपसभामुख रानालाई हटाउने तयारी भैरहँदा रानामगर भने अमेरिका भ्रमणमा रहेकी छिन् । रानामगर को सचिवालयले दिएको जानकारी अनुसार उनी हाल अमेरिका भ्रमणमा रहेकी छिन् । उनी १० दिन पछि मात्रै नेपाल फर्किने छिन् ।
सचिवालयका अनुसार रानामगर भने १३ गते फर्किने कार्यक्रम रहेको छ । उपसभामुख विदेश भ्रमणमा रहेका बेला उनलाई हटाउन हस्ताक्षर संकलन जारी हुनु देशको प्रतिष्ठामा आँच आउने स्रोतको भनाई रहेको छ ।