logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापतिमा पठाउने कांग्रेसको निर्णय


  • राजनीति
  • मंगलबार, भाद्र १० २०८२

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने निर्णय गरेको छ ।

मंगलबार बसेको कांग्रेस सभापति बैठकले समितिकी सदस्य समेत रहेकी न्यौपानेलाई सभापति बनाउने निर्णय गरेको हो । राज्यव्यवस्था तथा सुशासन समतिको रिक्त पदमा यस अघि कांग्रेसमा दिलेन्द्र प्रसाद बडूलाई बनाउने तयारी पनि चलेको बताइएको थियो ।

तर अन्तिम समयमा आएर संसदीय सुनुवाई समितिको सभापति रेहकी न्यौपानेलाई राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको हो । समिति सभापतिका लागि मनोनयन र भोली मदतानको समय तोकिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले राज्य व्यवस्था तथा सुशासन समितिमा उम्मेदवार नउठाउने बताइएको छ ।

यस अघि समितिको सभापति नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा थिए । निजामती सेवा विधेयकमा कुलिङ अफ पीरियडमा छेडाखानी गरेको विषयमा विशेष संसदीय छानबिन समितिले सभापति खविडाले नैतिक जिम्मेवार रहेको निष्कर्ष निकालेपछि खतिवडाले साउन २८ गते पदबाट राजीनामा दिएक थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार