राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रवक्ता झाले मंगलबार बिहान भंगालस्थित निवासमै पुगेर भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई कारागार राखिएकोमा असन्तुष्टि व्यक्ति गरेकी थिइन् ।
“रवि लामिछानेमाथि जे भैरहेको छ त्यसमा म सन्तुष्ट छैन्, उहाँप्रति मेरो सद्धभाव छ,” प्रवक्ता झासँगकाको भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले भनिन् । भण्डारीले सहकारीको विषयलाई राजनीतिक मुद्धा बनाइएको र सरकारले पनि बचतकर्ताको रकम फिर्ता नगरेको बताएकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा एमालेको पार्टी सदस्यताको विषयमा पनि चासो राखेको प्रवक्ता झाले बताए । यसको जवाफमा आफ्नो पार्टी सदस्यता रोक्नुपर्ने कुनै कारण नरहेको र विगतमा केपी शर्मा ओलीले नै पार्टीमा फर्किन सक्ने अभिव्यक्ति दिएको कुरा भण्डारीको रहेको झाले बताए ।
सक्रिय राजनीतिमा फर्केकी पूर्वराष्ट्रपति भण्डारीलाई गत साउनमा बसेको एमाले केन्द्रीय कमितिको बैठकले रानीतिमा फर्किन नहुने निर्णय गरेको थियो । तर भण्डारीले भने पछिल्लो समय आफ्नो रानीतिक सक्रियता बढाएका छिन् ।