राजनीति
काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आज (भदौ ११) देखि आइपिओ जारी गरेको छ ।
कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । न्यूनतम १० देखि अधिक्तम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर निष्कासन भदौ १५ गतेसम्मका लागि खुल्ला रहनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २५ गतेसम्म बिक्री खुल्ला हुनेछ ।
कम्पनीले हालै आयोजना प्रभावित र वैदेखिक रोजगारीमा रहेकाहरुलाई आइपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, तनहुँ र गोरखा जिल्लामा आयोजना प्रभावित स्थानीयहरुका लागि सेयर निष्कासन गरिसकेको छ ।
कम्पनीको सेयर निष्कासन व्यवस्थापक नेपाल एसबीआई मर्चेन्ट बैंक लिमिटेड हो । हाल कम्पनीमा चुक्ता पुँजी २ अर्ब ८३ करोड छ । केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बीबी (आइएस) रेटिङ दिएको छ ।