logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जनताले माओवादीलाई विश्वास नगरे देश बँच्दैन : प्रचण्ड


  • राजनीति
  • बुधबार, भाद्र ११ २०८२

काठमडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले माओवादीलाई विश्वास नगरे देश नबच्ने दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद’ २०८२’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा जाने बताए ।

माओवादीले सरकारमा रहँदा राम्रा बाहेक नराम्रा काम नगरेको उनको दाबी छ । उनले भने, “चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास नगरे यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बँच्दैन, बाँच्दैन । धेरै ठूलो अप्ठ्यारोमा जान्छ ।”

नेपाली कांग्रेस र नेकपा (एमाले) भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै वर्तमान सरकार डरबाट बनेको बताए । उनले एमाले र कांग्रेसको वर्तमान सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनाएको र आफूले यो कुरा सदनमा निरन्तर भन्दै आएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार