logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रभाकरले नपत्याउँदैमा माओवादीको इतिहास र आन्दोलन रोकिँदैन : प्रचण्ड


  • राजनीति
  • बिहिबार, भाद्र १२ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक जना जनार्दन शर्माले नपत्याउँदैमा माओवादीको इतिहहास र आन्दोलन नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले शेष नागले पृथ्वी थामेको छ भन्ने कुरा पूरानो भएको भन्ने सन्दर्भमा पार्टीका उपमहासचिव जनार्दन शर्माको नामै लिएर यस्तो बताएका हुन् ।

उनले भने, “एक जना प्रभावकरले नपत्याएर यो पार्टी आन्दोलन र इतिहास रोकिँदैन् ।” उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीको आउँदौ बैठकमा समिक्षा गर्ने पनि बताए । पार्टी भित्र स्वार्थ समूह रहेको र उक्त समूहको पहिचान समेत भैसकेको उनले जानकारी दिए ।

स्वार्थ समूह को हो भन्ने प्रश्नमा उनले भने, “स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रीत भएर मिटिङहरु गर्नुलाई स्वार्थ समूह भनिएको हो ।”

फरक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन आफूले नै ढोका खोलिदिएको बताए । “मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ,” उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार